Author: महेन्द्रनगर पोष्ट

दार्चुला – नेपाल र भारत सिमा भएर बग्ने महाकाली नदीमा जुनसुकै बेला पनि जलस्तर बढ्न सक्ने भन्दै एनएचपीसीक लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । पिथौरागढ जिल्ला अन्तरगतको धारचुला तहशिल छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनको बाँधबाट जुनसुकै बेला पनि महाकालीमा पानी आउने तथा जलस्तर बढ्न सक्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बृद्धि भईरहेको तथा बाँधको स्पिलबे रेडियल गेटको मर्मत कार्य सुरु भइरहेको भन्दै बाँधको गेट खोलिन हुँदा नदिमा जलस्तर बढ्ने भारतिय पक्षले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै महाकाली नदीमा जुनसुकै बेला…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

Read More

काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् । महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।’ सत्ता गठबन्धनले काठमाडौं…

Read More

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा प्रहरी नायब निरीक्षक (डीआईजी) वसन्त कुमार लामाको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब निरीक्षक लामालाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

Read More

काठमाडाैं – रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।कांग्रेसका…

Read More

काठमाडौं – नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् । संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

Read More

काठमाडाैं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएको छ । यस्तै थप १७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १५ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । यसैबीच यही अवधिमा ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

Read More

काठमाडौंओ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् । जनतालाई झुटा आश्वासन बाँडेर बटुलेको मतको इज्जत गर्न नसकेको आरोप लगाउँदै नेता महतले अहंकार र मै हुँ भन्ने मानसिकताले देश अगाडि नबढ्ने बताए । नेता महतले भने, ‘उहाँको अहंकारले उहाँकै पार्टीभित्र विद्रोह भयो । त्यसपछि नेपालमा कांग्रेसको माग भएपछि नेतृत्व लिएका हौँ । कोरोना भाइरसको महामारीले उत्पन्न परिस्थितिलाई विस्तारै सहज बनाएका छौँ । उद्योग खुलेका छन्, सबैले खोप लगाएका छन् । सहज परिस्थिति बनाउदै छौँ।’

Read More

काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् । काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् । शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने…

Read More

दार्चुला – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि दार्चुलामा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए ।मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्’, उनले भने, ‘त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।’उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा…

Read More