Author: महेन्द्रनगर पोष्ट

डोटी: जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ। दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो। किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए। दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए। तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए। दुई रोपनी क्षेत्रफलमा नौ बोट…

Read More

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ। प्रहरीको उक्त प्रकरणको अनुसन्धान नतिजा नजिक पुगेको दाबी गरेको छ। घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली शुक्रबार बिहानदेखि खटिएको थियो। यस्तै प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरका प्रमुख एसएसपी दिलिप देउवाका अनुसार  इन्सपेक्टरको नेतृत्वमा अर्को टोली पनि खटाइएको हो।घटनाको विषयमा बडायक दम्पतीका छोराको बयान पनि लिइएको उनले बताए। यस्तै अर्को कुकुर पनि अनुसन्धानमा खटाइएको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार स्थानीय तीन…

Read More

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ। प्रहरीको उक्त प्रकरणको अनुसन्धान नतिजा नजिक पुगेको दाबी गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसीका अनुसार घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो। ‘शुक्रबार बिहानैदेखि अनुसन्धानमा खटिएको टोलीले तीन दर्जन बढी व्यक्तिसंग सोधपुछ गरिसकेको छ,’ उनले भने, ‘हाम्रो अनुसन्धानले छिट्टै नतिजा दिन्छ । हामी घटनामा संलग्नको नजिक पुगिसकेका छौं।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार स्थानीय तीन जनालाई शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाइएको छ। ‘बडायक दम्पतीसंग लेनदेन भएका…

Read More

धनगढीः बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको प्रहरी चौकी सारिएको छ। डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको हो। तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो। के हो किशोरी बेपत्ता प्रकरण ? दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका…

Read More

धनगढीः सशस्त्र प्रहरी बल बिओपी फुलबारीको टिम जिल्ला तानिएको छ। प्रभावकारी काम गर्न नसकेको भन्दै बिओपीको सिंगो टिमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली तानिएको हो। बिओपीमा कार्यरत सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको, पटकपटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्यक दुख दिन थालेको आरोप लाग्न थालेको थियो। तस्करसंग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउदै आएका थिए। सशीत्र प्रहरी निरीक्षक अच्चुत कुँवरलाई चेतावनी सहित सोही बिओपीमा काम गर्ने गरी र अन्य सबैलाई गणमा तानिएको बताइएको छ। उक्त बिओपीमा गणबाट नयाँ टोली खटाइएको छ।

Read More

धनगढीः कैलालीमा ६८ हजार बढीको काठसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावारी नगरपालिका–३ चौकीडाँडास्थित चुट्की बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ ख १३५० नम्बरको मिनी ट्रकलाई शंका लागी चेकजाँच गरिएको थियो। सो क्रममा ६८ हजार चार सय ६२ मूल्यको सालको चार थान गोलिया बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। काठसहितको ट्रक र ट्रक चालक चुरे गाउँपालिका–६ बस्ने २७ वर्षीय भक्तबहादुर थापालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको छ।

Read More

डडेल्धुराः डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ। चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो। ‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ।’ उनक अनुसार बिएस्सी नर्सिङका…

Read More

अछामः अछाममा तीन जना जुवाडे पक्राउ परेका छन्। आज बिहान मंगलसैन नगरपालिका– ५ मंगलसैन बजारस्थित दिपेन्द्र शाहीको घरमा जुवा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो। ३६ वर्षीय प्रकाश भाटसहित तीन जनालाई १६ हजार चार सय ३० रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ। यस्तै, इलाका प्रहरी कार्यालय…

Read More

बैतडीः बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा शुक्रबार सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ। दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ का ट्याक्टर चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा लगिएको छ। ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ। पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ। ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

Read More