काठमाडौं: नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढी भएको खुलेको छ। लोक सेवा आयोगद्वारा लिइएको उक्त परीक्षाको नतिजामा त्रुटि भएको भन्दै मंगलबार संशोधित सूचना प्रकाशित गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा त्रुटि भएको जानकारी दिएको हो। संशोधित सूचनामा २६ जना उम्मेदवारहरूको नाम समावेश गरिएको छ। सूचनामा भनिएको छ, “नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लोक सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. र नाम भएका उम्मेदवारहरूको नामावली समावेश गरी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: बझाङको थलारा गाउँपालिका-९, आमबगर टोलमा एकै परिवारका आमा र छोरीको निधन भएपछि गाउँ शोकमा डुबेको छ। शनिबार लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी ४५ वर्षीया पञ्चमाला जोशीको माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको थियो। मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला यो दुर्घटना भएको हो। आमाको निधनको खबर पाएपछि धनगढीमा अध्ययनरत उनकी छोरी रोहिणी जोशी आइतबार बिहान घर पुगेकी थिइन्। शव देख्नासाथ बेहोस भएकी रोहिणीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई आफन्तहरूले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। यो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा…
काठमाडौं: एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अश्लिल काण्ड मच्चाउने पार्टीकै नेताहरुलाई दुई महिनाअघिको सचिवालय बैठकमा भन्नुभएको थियो, ‘राजनीति र मोजमस्ती एकै ठाउँमा हुँदैन, मोजमस्ती गर्ने भए बाटो खुल्ला छ।’ प्रधानमन्त्री ओलीले त्यतिबेला विवादमा तानिएका सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायतलाई ट्रयाकमा ल्याउन त्यसो भनेको एमाले नेताहरु बताउँछन्। तर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराएको तीन महिना नबित्दै अर्का नेतामाथि यौन दुुर्व्यहारको आरोप लागेको छ। अनेरास्ववियुका केन्द्रीय सचिवसमेत रहेका नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्शिवाद सुवेदीमाथि एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। प्रमुख स्काउट तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उनलाई आयुक्तबाट पदमुक्त गरिसकेका छन्। गत कात्तिक पहिलो…
धनगढी: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चोमेन्द्र न्यौपानेमाथि विभिन्न कार्यालय र स्थानीय तहबाट पैसा असुली गरेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार सीडीओ न्यौपानेले दशैं, तिहार लगायतका अवसरमा कार्यालयहरूबाट पैसा मागेको र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नाम प्रयोग गरी रकम असुली गरेको भनिएको छ। डडेल्धुरास्थित एक कार्यालयका कर्मचारीले भने, “सीडीओले राज्यमन्त्रीलाई यसरी नै सहयोग गर्नुपर्छ भन्दै रकम माग गर्नुहुन्छ। उहाँका गतिविधिले कर्मचारीहरू वाक्कदिक्क भएका छन्।” त्यसमक सीडीओ न्यौपानेले कानुनी उपचारमा जाने र सो विषय आरोपमात्र भएको बताए। उनले आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरे। यसलाई लिएर उनले कानुनी उपचार खोज्ने उनको भनाई छ। यस्तै उता सुदूरपश्चिम प्रदेशकी सामाजिक…
कञ्चनपुर: चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी। यहीँ हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना। साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो। ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन। उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन्। ‘छोराहरु बेरोजगार छन्। खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,’ उनले भने, ‘डोरी बेचेरै पेट पालिएको छ।’ डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन्। फुर्सदमा…
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई १६ वर्षीया किशोरी अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार दुबै व्यक्तिले पुस १३ गते राति भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिँडिरहेकी ती किशोरीलाई “हामी प्रहरी हौं” भन्दै लगेको बताइएको छ। डीएसपी जोशीले भने, “सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट पीडित किशोरीको उद्दार गरेको हो।” अपहरण र शरीर बन्धकसम्बन्धी कसुरअन्तर्गत दुबै जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले…
धनगढी: सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी हुन्। सशस्त्र प्रहरीका अनुसार पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला परेको थियो। पाँच सय दरका १ हजार नोट रहेको रकमको श्रोत खुलाउन नसकेपछि जैशीलाई पक्राउ गरिएको हो। बरामद गरिएको रकमसहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि गरिएको चेकजाँच अभियानका क्रममा…
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेला इलाकामा सुरक्षा निकायले भन्सार छलि गरेर नेपाल भित्र्याइएका करिब २५ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। आज मंगलबार बिहान करिब ६ बजे मझगाउँ सशस्त्र सुरक्षा बेसबाट खटिएको टोलीले गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा कपडा, चप्पल, र मोटरसाइकलका स्पेयर पार्ट्स बरामद गरेको हो। ती सामानहरू बेवारिसे अवस्थामा लुकाएर राखिएको अवस्थामा फेला पारिएको थियो। बरामद गरिएका सामग्री आवश्यक कानूनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको सुरक्षा स्रोतले जनाएको छ। सुरक्षा निकायले भन्सार छलि हुने गतिविधि नियन्त्रण गर्न नियमित गस्ती र विशेष अभियान सञ्चालन गर्दै आएको छ।
काठमाडौँ: सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सि.सं. १ प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो सीप र दक्षता अभिवृद्धि गरेका छन्। तालिमको उद्देश्य सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई प्राविधिक ज्ञान, नेतृत्व क्षमता, र व्यवस्थापन कौशलमा दक्ष बनाउनु रहेको थियो। तालिम अवधिभर प्रशिक्षार्थीहरूले आधुनिक उपकरणहरूको प्रयोग, रणनीतिक योजना निर्माण, र व्यावसायिक उत्तरदायित्व सम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। समापन समारोहमा महानिरीक्षक अर्यालले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै तालिमले संगठनको कार्यक्षमतामा थप सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यावहारिक…
काठमाडौं: काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यको बिदाइ गरिएको छ। एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो। बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन्। यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन्। बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन्। एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन्। प्रहरी महानिरीक्षकको दाबेदार भएपनि सरकारले वसन्त…