Author: महेन्द्रनगर पोष्ट

पर्वत- पर्वतको जलजला गाउँपालिकाबाट चार वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिना ललाई नियन्त्रणमा लिइएको हो। अभियुक्त छिनालले वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षीय बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारको लागी बेनी अस्पताल म्याग्दीमा लगेका छन् । घटनाको बारेमा सूचना पाए लगत्तै प्रहरी चौकी वारी बेनी…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरे । ‘आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ’, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने…

Read More

भारत – भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा सामूहिक हत्याको घटना सार्वजनिक भएको छ। थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए। प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका घाइते भएकी छन्। उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।

Read More

खोटाङ – नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो । नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दाबेदार थिए। उपमेयरका उम्मेदवार राई दोस्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला…

Read More

काठमाडौँ — काठमाडौं महानगरमा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।  आगामी स्थानीय तहको निर्वाचन का लागि उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो । यसअघि महानगर कमिटीले सिंहसहित ५ जनाको नाम सिफारिस गरेको थियो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । ‘काठमाडौंमा…

Read More

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस भइ आएको जानकारी गराइएको थियो। सिफारिस भएका नामबारे छलफल गरेर टुंगो लगाउन लागिएको हो। हालसम्म ललितपुर महानगरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगञ्जबाट विजय सरावगी गरी तीन जना मेयर सर्वसम्मत सिफारिस भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि उम्मेदवार मनोनयन प्रक्रिया सुरु…

Read More

काठमाडौँ – नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदान स्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारै वटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै…

Read More

काठमाडौँ– धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ। शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो। ४ दिन अघि सत्तारूढ गठबन्धनले गरेको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो। कांग्रेसबाट वडसंगै कृष्ण महरा, सुशिला मिश्र भट्ट, हरिस खड्का मेयरका आंकाक्षी थिए। यसअघि हालका मेयर वडसँगै कांग्रेस धनगढी नगर कमिटिले ७ जनाको नाम सिफारिस गरेको थियो। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले धनगढीबाट मेयर उपमेयरसँगै १२ वटा वडा जितेको थियो। उपमहानगरपालिकाका १९ वडा मध्ये १९ र १४ नम्वर वडामा एमालेले जितेका थियो। १५, ११, ६, ३, १८ माओवादीले जितेको थियो। पार्टीले…

Read More

कञ्चनपुर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ। बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार अस्पताल र किरियापुत्री लगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने भनिएको छ। त्यसैगरि नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ। सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी…

Read More

सप्तरी- हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । रासस

Read More