काठमाडौँ — काठमाडौं महानगरमा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।
आगामी स्थानीय तहको निर्वाचन
का लागि उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।
यसअघि महानगर कमिटीले सिंहसहित ५ जनाको नाम सिफारिस गरेको थियो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।
‘काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भयो, बाँकी महानगरपालिकाको हकमा सहमति हुन सकेको छैन, छलफल हुँदैछ,’ ती नेताले भने ।