Author: महेन्द्रनगर पोष्ट

दाङ – दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमण हुँदा नवाज पढिरहेका ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए । उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले बताए । प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही…

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउनुपर्ने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले नभई दलको तर्फबाट त्यस्तो नाम लेखी निर्वाचन आयोगमा पठाउनुपर्नेछ । १० वैशाखभित्र प्रक्रिया पुर्‍याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्द सूचीबाट त्यस्ता व्यक्तिको नाम हटाइने आयोगले प्रष्ट पारेको छ । त्यसका लागि कुनै अन्य दल वा सम्बन्धित उम्मेदवारको निवेदनको आधारमा त्यस्तो बन्द सूचीबाट नाम हटाउन नसकिने आयोगले जनाएको छ । यसअघि उम्मेदवारी दिने व्यक्ति आफैंले नाम हटाउन अनुरोध…

Read More

काठमाडौं– पत्रकार आचार संहिता उल्लंघन गरेका पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलको कारवाहीस्वरुप एकदिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उच्चपदस्थ व्यक्तिहरु सवार जहाजभित्र ऋषि धमलाले विमानभित्रै ‘रिपोर्टिङ’ गरेका कारण काउन्सिलको कारबाहीमा परेका थिए । तीन दिनअघि काउन्सिलले पत्रकार धमलालाई ‘आइन्दा यस्तो कार्य नगर्न’ सचेत गराउँदै आचार संहितासम्बन्धी एक दिने कक्षा लिनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न धमलाले कक्षा लिन आएका हुन् । उनलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले पढाएका छन् । आचार संहिता उल्लंघनमा कक्षा लिने धमला पहिलो…

Read More

चितवन –  निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछिचितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

Read More

दार्चुला – हिजो विहिबारदेखि दार्चुला जिल्लाका ९ वटै पालिकामा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले जानकारी दिए । सदरमुकाम पुरानो जिल्ला अदालतको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै दार्चुला जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत आर्चायले पार्टीका झन्डा र चुनाव चिह्न सार्वजनिक सवारीसाधन र गाउँटोलमा देखिन थालिसकेको बताए।‘निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा,…

Read More

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।

Read More

काठमाडौं – भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका हुन् । अध्यक्ष थापाले खेल र खेलाडीको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘मेरो कार्यकालमा खेल र खेलाडीको विकासको सक्दो प्रयास गर्ने छु अध्यक्ष थापाले भने । बागमती प्रदेश खेलकुद विकास परिषदले थापालाई केही दिन अगाडि अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद विकासका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्यतिता कायम गर्न आग्रह गरेको छ । मन्त्रालय मातहतका सबै केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद्, कार्यालयहरुलाई परिपत्र गर्दै इन्धन खर्चमा मितव्ययिता कायम गर्न आग्रह गरिएको हो । क्याविनेटको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रा उपयोग इन्धन आयातमा हुने गरेकोले सबै निकायलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो । यो व्यवस्था आउँदो असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ । ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो । गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो । चालु आर्थिक वर्षमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड,…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा भएको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ। मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्। जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘नेपाल जलविद्युत् लगानीको महत्त्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु।’ उनले आगामी दिनमा दुई देशबीचको…

Read More