Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनका अनुसार यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको…

Read More

नेपालगञ्ज- नेकपा माओवादी केन्द्रबाट नेपालगञ्जको मेयरका आकांक्षी नन्दलाल वैश्य पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनलाई राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले स्वागत गरे। नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वर्चश्व स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिएको छ ।

Read More

सिन्धुली- सिन्धुलीमा सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह भागबण्डा गरेका छन् । दुई दलले नेकपा एकीकृत समाजबादी दललाई नसमेटेर स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङ्ग्याएका हुन् । सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धनमध्ये चार राजनीतिक दलको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले भागबण्डा टुङग्याएको जनाएका छन् । दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र चार वटामा प्रमुख माओवादी केन्द्रले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिए…

Read More

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन सुरक्षाको लागि भर्ना भएका एक म्यादी प्रहरी मृत फेला परेका छन् । चौतारा नवलपुर सडकखण्डमा चौतारा साँगाचोकगढी नगर ६ का ४० वर्षीय दुर्गासिं बस्नेत मृत फेला परेका हुन् । उनको सडकखण्डबाट करिब ४० मिटर तल शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बुधबार करिब साढे ४ बजे प्रशिक्षणपछि बस्नेत घर फर्किएका थिए । प्रहरीकाअनुसार बिहान ६ बजे बस्नेत आफ्नो घर चौतारा साँगाचोकगढी नगर ६ पीपलडाँडा जाँदै गर्दा सडकको डिलबाट लडेको हुनसक्ने बताइएको छ । शव आफन्तलाई जिम्मा लगाएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं– अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। उनी व्यापारी रोहित तिवारीसँग विवाह बन्धनमा बाँधिएकी हुन् । विहीबार परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले विवाह गरेकी हुन् । रोहित हाम्रो बजार डट कमका सिइओ हुन्। केकीले बिहीवार सामाजिक संजालमा तस्विरहरु राखेर विवाहको समाचार सार्वजानिक गरेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको खबर साट्न पाउँदा खुशी लागेको बताएकी छिन्।

Read More

कैलाली– विवेकशिल साझाबाट धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा विमला पन्त ओझाले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा धनगढीको उपप्रमुखका लागि ओझाले उम्मेदवारी घोषणा गरेकी हुन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाज शास्त्रीका रूपमा संलग्न उनले आफू निर्वाचित भएपछि पदीय हैसियतले एउटा कोष स्थापना गरी भोका, टुहुरा र असहायहरूको सेवामा लगाउने बताइन् । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी ओझाले ३४ वर्ष उच्च माविको शिक्षकका रुपमा काम गरी हाल निवृत्तिभरण लिएर बसेको बताइन् । उनले कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष प्लस–ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै…

Read More

कैलाली- विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । विहीवार छैठौं दिन धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाईनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसले वनदेवीमाथि ३–० को अन्तरले हराएर फाईनलको यात्रा तय गरेको हो । पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६ औं मिनेटमा रेखाले…

Read More

काठमाडौं- गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैंकिङ कसुरको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको जनाएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँको चेक वाउन्सको जाहेरी परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार उनीविरुद्ध थप जाहेरी समेत आउने क्रममा रहेका छन्।

Read More

जनकपुरधाम– महोत्तरीमा आफ्नै छोरीको हत्या गरेर नदीमा फाल्ने आमा आठ वर्षपछि पक्राउ परेकी छन् । दुई वर्षीया छोरीलाई हत्या गरेर नदीमा आएको बाढीमा फालेकी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ की रानी देवी मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनी अदालतबाट सजाय पाएको तीन वर्षपछि पक्राउ परेकी हुन्। ०७३ साल साउन १२ गते रानीले दुई वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेपछि उनकै श्रीमान् सूर्यनारायण मण्डलले जाहेरी दिएका थिए। यस मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएको थियो। फैसलापश्चात् फरार रहेकी रानीलाई बिहीबार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले आरोपपत्र दायर गरेको छ । कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विहीबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ…

Read More