Author: महेन्द्रनगर पोष्ट

काठमाणडौं – रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् । बीबीसीका अनुसार उनले ‘डोनबासका लागि युद्ध’ चलिरहेको बताएका हुन् । नियमित भिडियो सन्देशमा उनले रुसले पूर्वी युक्रेनमा आक्रमणका लागि ठूलो स्तरमा सैनिक तैनाथ गरेको समेत बताए । यद्यपि युक्रेनको रक्षाका लागि आफूहरु तयार रहेको उनको भनाइ छ । ‘जतिसुकै रुसी सैनिक तैनाथ भएपनि हामी लड्नेछौँ । हामी हाम्रो रक्षा गर्नेछौँ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यता पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले भने ‘नियमित’ लडाइँका कारण आफ्नो क्षेत्रको…

Read More

नेपालगञ्ज – बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे। ुपहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँु, अध्यक्ष खड्काले भने । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४…

Read More

काठमाडौं – निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । निलम्बित गभर्नर अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको मागसमेत गरेका छन् । मंगलबार उनको रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा उनी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनेछन् । तर, अन्तरिम आदेश नदिई र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने उनी निलम्बनमै रहनेछन् । सर्वोच्चले अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ । बैंकिङ प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको…

Read More

काठमाडौं – आजको साढे ११ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ । बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने जनाइएको छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

Read More

काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

Read More

काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

Read More

काठमाडौं – केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका विषयमा तथ्यांक संकलन हुनेभएको छ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने छ । कृषि गणनाका लागि पाँच हजार २ सय गणक र एक…

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

कर्णाली – सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् । कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरे । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा पे्रमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएकी छन् । त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भए। सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा,…

Read More

विराटनगर –  विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा…

Read More