Author: महेन्द्रनगर पोष्ट

काठमाडौं काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

Read More

डोटी- स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो¥याउने भएको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो¥याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो¥याउने निर्णय गरेको छ । उता आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन हुनुभएको छ । यसैगरी बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा…

Read More

कैलाली- विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफ आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो । एपिएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काइन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो…

Read More

कीभ- रूसले फेब्रुअरीको अन्त्यमा यूक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार बताएको छ । यूक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।” उहाँले भन्नुभयो, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।” डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाल युद्धको कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने उहाँले बताउनुभएको छैन । अवैध रुपमा सीमा पार गर्न खोजेको आरोपमा दुई हजारभन्दा बढीलाई पक्राउ गरिएको पनि उनले…

Read More

ललितपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा आज युवा सङ्घ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उहाँले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताउनुभयो । अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गर्नुभयो । उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको…

Read More

जुम्ला- जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताउनुभयो । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् । प्रनाउ चन्दले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान…

Read More

खोटाङ- कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ…

Read More

डडेल्धुरा- डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताउनुभयो । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताउनुभयो । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास…

Read More

अछाम- अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाउँमा बुधबार सेनाको गाडी दुर्घटना भएको हो । डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना सवार गाडी (भ्यान) दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सेनाको गाडी स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो ।

Read More

भक्तपुर- चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ । करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ । रासस

Read More