Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरे । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सङ्घीयतालाई जनताको घरदैलोसम्म पु¥याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ’, उनले सन्देशमा भनेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले…

Read More

गोरखा – गोरखामा बुधबार साँझ चट्याङ लागेर दुई जना घाइते भएका छन् । अचानक मौसममा आएको परिवर्तनसँगै चट्याङ लागेर सिरानचोक गाउँपालिका ३ हर्मीका १७ वर्षका कैलाश भण्डारी र उदयपुर जिल्ला बेलटार नगरपालिका ४ घर भएका भई हर्मी बस्दै आएका ४८ वर्षका पदम भुजेल घाइते भएका हुन् । भण्डारी बारीबाट घाँस बोकेर गोठतर्फ फर्कँदै गर्दा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका भण्डारीलाई तत्काल स्थानीयबासीले उद्धार गरेर आपँपिपल अस्पतालमा उपचारका लागि पठाएका थिए । उनको त्यहाँ सामान्य उपचार पछि थप उपचारको लागि चितवनको भरतपुर पठाएको जनाएको आँपपिपल अस्पतालले जनाएको छ । उनको साँझसम्म पनि होस नखुलेको उनका आफन्तले जानकारी दिएका…

Read More

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाइ थियो । भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग…

Read More

अछाम अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–६ का ५२ वर्षीय वेदप्रसाद भण्डारीको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। मंगलसेन–३ स्थित कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी उनको डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए। उनका अनुसार गाउँको करिब ३०÷४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेका थिए । त्यसक्रममा नुहाउनेक्रममा भण्डारी नदीको भंगालमा परेर डुबेका थिए । स्थानीयका अनुसार उनलाई बचाउन खोज्ने अन्य दुई जना सामान्य घाइते भएका छन् ।

Read More

बाजुरा- बाजुराका ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ९ वटा स्थानीय तहमा रहेका ७० वटा मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका हुन्। मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ। ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील, २५ संवेदनशील र ७ वटा मतदान केन्द्र सामान्य रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७० वटा मतदानकेन्द्र कायम गरिएका छन् भने १३ वटा राजनितिक दलले दल दर्ता गराएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

Read More

कैलाली– कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरिएको छ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष…

Read More

महोत्तरी- महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो । नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०÷५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ । रासस

Read More

इटहरी- भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी…

Read More