अछाम अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–६ का ५२ वर्षीय वेदप्रसाद भण्डारीको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
मंगलसेन–३ स्थित कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी उनको डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए।
उनका अनुसार गाउँको करिब ३०÷४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेका थिए । त्यसक्रममा नुहाउनेक्रममा भण्डारी नदीको भंगालमा परेर डुबेका थिए । स्थानीयका अनुसार उनलाई बचाउन खोज्ने अन्य दुई जना सामान्य घाइते भएका छन् ।
Facebook Comments Box