Author: महेन्द्रनगर पोष्ट

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खोलेको छ । आयोगको मंगलबार बसेको बैठकले विज्ञापन खोल्ने निर्णय गरेको हो । आयोगका अनुसार आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरूले लाइसेन्सका लागि फारम भर्न सकिनेछ । त्यसका लागि तोकिएको न्यूनतम योग्यता, तालिम पुगेको हुनुपर्छ । https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ। त्यस्तै https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।

Read More

काठमाडौं- लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

Read More

काठमाडौं हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। आज राति भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Read More

कैलाली- व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले मंगलबार धनगढमिा आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुबै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतहार रच्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा…

Read More

लण्डन बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ । “जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले मङ्गलबार भने । देशभरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा…

Read More

इस्लामावाद- पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले मन्त्रीहरुलाई नियुक्त गरेसंगै पहिलो निर्णय गरेका छन् । उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा उनले अबदेखि ८ बजे नै सुरु हुने निर्णय गरेका हुन् । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । एएनआईको सहयोगमा

Read More

इस्लामावाद- पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको छ । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेबारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेबारी मार्यम औराङजाबलाई दिइएको छ । मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उहाँको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ । तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा…

Read More

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पु¥याउन राजदूत पार्कसँग आग्रह गर्नुभएको थियो । राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताउनुभयो । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि…

Read More

काठमाडौं- सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने…

Read More

काठमाडौं– निर्वाचन आयोगले गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता लिएको छ । आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको जनाएको छ । यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र…

Read More