इस्लामावाद– पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले मन्त्रीहरुलाई नियुक्त गरेसंगै पहिलो निर्णय गरेका छन् । उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् ।
बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा उनले अबदेखि ८ बजे नै सुरु हुने निर्णय गरेका हुन् ।
सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । एएनआईको सहयोगमा
Facebook Comments Box