Author: महेन्द्रनगर पोष्ट

जुम्ला – कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् ।४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् । बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला-रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् । पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।उनले भने, ‘चन्द्र रावल, सुमन कुलुङ, प्रकाश…

Read More

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ। काउन्सिलले धमलालाई चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा किन पुगेको भन्दै स्पष्टीकरण सोधेपछि धमलाले बुझाएको लिखित स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बयानका लागि भोली बोलाएको जनाइएको छ । स्पष्टीकरणका लागि धमलालाई भोली (सोमबार) मध्यान्ह १२ बजे बोलाइएको छ । धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन्।

Read More

काठमाडौँ – तनँहुको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

Read More

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइबार प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

ब्राटिस्लाभा – रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् । उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् । किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो…

Read More

काठमाडौं – आजबाट रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने छ । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म…

Read More

काठमाडौं – नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले धारणा राख्ने छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले जानाकारी दिए । सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक…

Read More

काठमाडौं – नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । उनी शनिबार पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

Read More

काठमाडाैँ- नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो । सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए । ‘कार्यक्रममा कुनै पनि सुरक्षा थ्रेट नहोस् र कार्यक्रम शान्तिपूर्ण रुपमा सफल होस् भनेर हामीले १५ सय सुरक्षाकर्मी माग गरेका हौं,’ उनले भने, ‘यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध त हामी गर्छौैं । निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्दैछौं ।’ गुरुड सेक्युरिटीबाट…

Read More

काठमाडौं – पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको…

Read More