काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ।
काउन्सिलले धमलालाई चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा किन पुगेको भन्दै स्पष्टीकरण सोधेपछि धमलाले बुझाएको लिखित स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बयानका लागि भोली बोलाएको जनाइएको छ ।
स्पष्टीकरणका लागि धमलालाई भोली (सोमबार) मध्यान्ह १२ बजे बोलाइएको छ ।
धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन्।
Facebook Comments Box