Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मङ्गलबारदेखि प्रशिक्षण थालिएको हो । समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने…

Read More

काठमाडौं- विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउन लागेका छन् । उनी विद्युतीय कार निर्माता टेस्लामा २१ प्रतिशत सेयर लगानीकर्ता हुन् । उनको ट्वीटरमा पनि सेयर छ । स्पेस एक्स, मस्कको रकेट कम्पनी समेत छ । दक्षिण अफ्रिकामा हुर्किएका उनी १७ वर्षमा क्यानडामा बसाईं सरेका थिए । अमेरिकाको पेन्ससिल्भानियामा विद्यार्थीका रुपमा पुगेका थिए । विज्ञानका विद्यार्थी उनले भौतिकशास्त्रको सिद्धान्तलाई आत्मासाथ गरेको बताएका छन्…

Read More

काठमाडौं- नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा मंगलबार राति सार्वजनिक विश्वका अर्बपतिको सूची अनुसार चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ । सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल…

Read More

बैतडी- बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् । चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ । पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो । यस्तै शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो । विसं २०७६ मा ठेक्कामार्फत…

Read More

काठमाडौं- नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिका–५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Read More

काठमाडौं- नेपाली चलचित्रका नायक भुवन केसीले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन्। ०७९ वैशाख ३० गते हुने चुनावमा अभिनेता केसी उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन्। पार्टीका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार बसेको पार्टीको बैठकले काठमाडौंका स्थायी बासिन्दा भुवन केसीलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। साथै उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरिएको अध्यक्ष नेपालले उल्लेख गरेका छन्।

Read More

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने बेलायतको ‘द हन्ड्रेड’को ड्राफ्टमा बिक्री हुन सकेनन्। न्यूनतम ६० हजार पाउण्ड मूल्य राखेका सन्दिपलाई कुनै पनि क्लवले टिममा अनुबन्ध नगरेका हुन्। अघिल्लो सिजन ओभल इन्भिन्सिबल्समा अनुबन्ध भए पनि अन्तिम समयमा भिसाका कारण खेल्न नपाएका सन्दिपलाई यो पटक कुनै पनि टिमले रूची देखाएनन्। दोस्रो संस्करणका रुपमा रहेको द हन्ड्रेड सन् २०२० मा नै हुने भनिएपछि कोभिडका कारण स्थगित भएको थियो। २०२१ मा प्रतियोगिता हुँदा सन्दिप श्रम स्विकृतीका कारण बेलायत पुगेर क्वारेन्टिन बसे पनि अन्तिममा खेल्न पाएका थिएनन् । यो पटक सन्दिपले विदेशी खेलाडीको कोटामा नाम दर्ता गरेर ड्राफ्टमा परेका थिए। तर मंगलबार भएको…

Read More

कञ्चनपुर- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ। यहाँको नौवटै पालिकामा किसान गहुँ भित्र्याउन व्यस्त छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–४ का राधेश्याम चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा स्थानीयवासी लागेको बताए। “नेताहरु चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्”, चौधरीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ।” प्रायः सबै दलका जिल्ला तहका नेतासमेत पार्टीले खटाएको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। यहाँ…

Read More

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ । विसं २०७७ असारमा भूमिगत पहिराका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँडटोलका ७५ परिवार भूमिगत पहिराको जोखिममा छन् । धारापानीको किमबोटमा…

Read More

तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Read More