Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलबाट एक यात्रुलाई आफ्नो विगमा (नक्कली कपालमा) ३०.५५ लाख रुपैयाँको सुन तस्करी गरेर ल्याउदै गर्दा गत शनिबार पक्राउ गरिएको छ । अवुधाबीका ती यात्रुलाई विमानस्थलको टर्मिनल ३ मा पक्राउ गरिएको भन्सार आयुक्तको कार्यालयले जनाएको छ । करिब ६३०.४५ ग्राम तौल भएको सुन मानिसको विग र मलद्वारमा लुकाइएको थियो । भन्सार अधिकारीले उनको कपाल खौरिएर सुनको ढिस्को निकालेको थियो । अधिकारीहरूले सावधानीपूर्वक विग निकाले र सुन बरामद गरे। ती व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

Read More

सुशील दर्नाल / काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । देशैभर ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा…

Read More

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च पुगेका थिए । २३ पुसमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ र अल्पकालीन आदेश जारी गरेको गरेको थियो । र, आदेश कार्यान्वयन नभएको भन्दै २७ माघमा उनले प्रधानमन्त्री देउवा, संस्कृतिमन्त्री आलेसहित विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दालाई पूर्ण सुनुवाइ गर्न न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले ६ चैत २०७८ मा आदेश दिएका थियो । देउवा सरकारले क्षेत्रीलाई हटाएपछि…

Read More

दार्चुला – आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलामा पनि आइतबार र सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जिल्लाका नौँ वटै स्थानीय तहमा ३२३ पदका लागि ७७२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिंह धामीले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार ९ जना अध्यक्ष तथा प्रमुख पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । ९ जना उपाध्यक्ष तथा उपप्रमुख पदको लागि २९ जनाको उम्मेदवारी परेको छ । ६१ जना वडाअध्यक्षका लागि १७६ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरी खुल्ला सदस्यमा २७३ जना, महिला सदस्यमा १३४ जना र दलित महिला सदस्यमा १२० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन…

Read More

काठमाडौं – आगामी आर्थिक वर्ष ०७९–८० को नीति कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयमा छलफल भएको छ । बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुतीकरण दिएको थियो । सञ्चार मन्त्रालयको प्रस्तुतीकरणपछि धारणा राख्दै अर्थमन्त्री शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आबको बजेटमै समावेश गर्न निर्देशन दिए । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधु कुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुस्कर, सञ्चार सचिव डा। बैकुण्ठ अर्याल, बजेट लेखन समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो । ‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौं ।…

Read More

काठमाडौं – आज देशभर ९५औँ फोटो पत्रकारिता दिवस मनाइँदैछ । राष्ट्रिय फोटो पत्रकार समूहले ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी गरेको छ । वि.सं १९८४ मा वैशाख १३ गते पहिलोपटक समाचारको रूपमा गोरखापत्रमा फोटो प्रकाशन भएको दिनलाई सम्झना स्वरुप फोटो पत्रकारिता दिवस मनाइँदै आएको छ भने राष्ट्रिय फोटो पत्रकार समूहले विगत २५ वर्षदेखि फोटो पत्रकारिता दिवस मनाउँदै आएको हो । फोटो पत्रकारहरुको सहभागितामा प्रभातफेरी गरिएको थियो देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘राजनीतिक दस्तावेज नभएर बकवास र पागलहरूको प्रलाप’ भएको बताएका छन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’ ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ…

Read More

काठमाडौं – निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको जानाकारी आयोगले गराएको हो । आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ । परेका उम्मेदवारमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा…

Read More

काठमाडौं – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता प्रयोजनका लागि पेसीमा चढेको सो रिटको आज सुनुवाइ हुन लागेको हो । गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए । आफू निलम्बनमा परेसँगै गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । चैत ६ गते…

Read More