काठमाडौं – नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलबाट एक यात्रुलाई आफ्नो विगमा (नक्कली कपालमा) ३०.५५ लाख रुपैयाँको सुन तस्करी गरेर ल्याउदै गर्दा गत शनिबार पक्राउ गरिएको छ ।
अवुधाबीका ती यात्रुलाई विमानस्थलको टर्मिनल ३ मा पक्राउ गरिएको भन्सार आयुक्तको कार्यालयले जनाएको छ । करिब ६३०.४५ ग्राम तौल भएको सुन मानिसको विग र मलद्वारमा लुकाइएको थियो ।
भन्सार अधिकारीले उनको कपाल खौरिएर सुनको ढिस्को निकालेको थियो ।
अधिकारीहरूले सावधानीपूर्वक विग निकाले र सुन बरामद गरे। ती व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
Facebook Comments Box