Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरीमा ३० वर्षे सेवा अवधि र सर्वोच्चले गरेका आदेश चर्चामा छन्। केही समययता प्रहरीका वरिष्ठ अधिकारीहरु निरन्तर सर्वोच्च अदालतको दौडधुपमा छन्। पछिल्लो एक साताको अवधिमा सर्वोच्च अदालतबाट एउटै प्रकृतिको मुद्दामा फरक आदेश आएको छ। न्यायाधीश हरि फुयाँलको इजलासले गत साता र शारङ्गा सुवेदीको इजलासले आज दिएको आदेशले पीडित पक्ष, राज्य र सर्वसाधारणलाई अलमलमा पारिदिएको छ। सबैभन्दा धेरै अलमल स्वयम् अदालत र श्रीमानहरुमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही अधिकृतले दायर गरेको ३० वर्षे सेवा अवधिसम्बन्धी मुद्दामा भएको फरक आदेशले छर्लङ्ग पारिदिएको छ। आगामी १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका २१ अधिकृतले…

Read More

काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न गत बिहीबार सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट रिटको शृंखला नै चलेको छ। यसअघि, गत आइतबार सशस्त्र प्रहरीको डीआईजीबाट अवकाशको पत्र पाएका अभिकुमार खत्रीसहित १२ जनाको तर्फबाट रिट दायर भएको थियो। त्यसमा मंगलबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार नै श्याम ज्ञवालीसहिततका प्रहरी अधिकारीहरू रिट लिएर सर्वोच्च पुगेका छन्। उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको…

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक (डिएसपी) सुधिर राई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।  परिसरले उनीसहित ९ जनालाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले आज उनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे।  प्रहरी सङ्गठनले दिएको जिम्मेवारी लगनशील, वफादार र कर्तव्यनिष्ठ भई पूरा गरेकोले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको जनाइएको छ।  पुरस्कृत हुनेमा नायब निरीक्षक (असई) हिमाल पौडेल, वरिष्ठ हवल्दार खुमबहादुर घिमिरे, हवल्दार राजेश लामा र गोपाल श्रेष्ठ, सहायक हवल्दार कोषबहादुर बस्नेत, जवान तेजराज शर्मा, देवकृष्ण यादव, सन्तोष विष्ट र ताराबहादुर राउत रहेका छन्।

Read More

काठमाडौं: अस्ति आपराधिक उपद्रव गरेको अभियोगमा मोडेल सपना लामिछाने पक्राउ परिन्। उनै पक्राउ परेकी मोडेल सपनाको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्मको अनुसन्धानमा उनको मोबाइलमा प्रहरीका एआईजीसँग पनि सपनाको गोप्य सम्बन्ध रहेको खुलेको छ। जसमा केही गोप्य म्यासेज तथा च्याटहरु प्रहरीले फेला पारेको जनाएको छ। शुक्रबार उनी राजधानीबाट पक्राउ परेकी थिइन्। प्रहरी स्रोतका अनुसार लामिछाने र ती बहालवाला एआईजीबीच ‘स्न्याप च्याट’मार्फत् निरन्तर अश्लिल संवाद भएको छ। उनीहरुबीचको स्न्याप च्याटमा अश्लिल तस्बिरहरु आदानप्रदान पनि गरिएका छन्। सोही कारण उनीहरुबीच अन्तरंग सम्बन्ध रहेको पुष्टी हुन्छ। यसअघि बस्नेत थरका एक युवकलाई बलात्कारको मुद्दा लगाएकी लामिछाने पछिल्लो समय सिर्जना बस्नेतको जाहेरीले पक्राउ परेकी…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका केही अधिकृतले सर्वोच्चमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालत पुगेका उनीहरूको मागमा अदालतले कारण देखाउ आदेश मात्रै जारी गरेको हो। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको बताइएको छ। यो आदेशसँगै सशस्त्र प्रहरीका अधिकृतहरुलाइ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा पठाउन बाटो खुलेको छ। यसै प्रकृतिको नेपाल प्रहरीका अधिकृतहरूको हकमा भने सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म अवकाशमा पठाउन रोकेको थियो। जसकाविरूद्ध सरकारले मंगलबार नै भ्याकेट दर्ता गर्ने तयारीमा छ। गत आइतबार सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहित १२…

Read More

धनगढी: कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन्। राना नदिपारि भारतको जंगलमा घास काट्न गएकोमा अबेरसम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर ठक्कर दिएको थियो। क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो। उपचारको लागि लालरत्न अस्पताल लम्की…

Read More

एजेन्सी: अमेरिकाको ह्युसटन सहरमा एक नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ। टेक्सस राज्यको ह्युसटनमा अध्ययनरत छात्राको अपार्टमेन्टमा गोली हानिएको बताइएको छ। प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल पुर्याएको छ। घटनाबारे थप जानकारी दिइएको छैन।

Read More

काठमाडौं: नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी नायव निरीक्षकदेखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन्। लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। उनीहरु झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

Read More

धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं।१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका…

Read More

धनगढी : बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ। सोमबार दिउँसो विषेश सुराकीको आधारमा प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदीसहित केही मानिसलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरिने एसपी कार्कीले बताए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विषेश सूचनाका आधारमा सुन बनाउने एक कारखानामा सुन दिन गएका व्यक्तिलाई पिछा गर्ने क्रममा ठूलो परिमाणमा सुन र चाँदीसहित केही मानिसलाई नियन्त्रणमा लिइएको बताए। पक्राउ परेकाहरूले ‘सुनारमण्डली’ भन्ने ठाउँबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले जानकारी दिए। 

Read More