Author: महेन्द्रनगर पोष्ट

झापा – नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ । पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताए। सबै पालिका उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ । माओवादीले हालसम्म…

Read More

काठमाडौं – काठमाडौंको कपनमा गएराति श्रीमानले आगो लगाएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीले श्रीमतीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई पक्राउ गरेको छ । ४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्थानीयले घाइते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले सातौँ भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पु¥याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अह्म भूमिका रहेकाले यस विषयमा सम्बद्ध सबैको ध्यान जानुपर्ने बताइन् । सन्देशमा सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक, स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक, पुललगायतका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।

Read More

काठमाडौं – कांग्रेस नेतृ सिर्जना सिंहले आज काठमाडौं महानगरको मेयरका लागि मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्। सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो । कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए । यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा…

Read More

ललितपुर – नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै फेरि उम्मेदवार भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिश गरेको हो । उक्त दलले पोखरा महानगरपालिकको प्रमुखमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै हेटौँडा उपमहानगर पालिकाको प्रमुखमा मीना लामा, काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकको उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए। समाजवादीले पाँच दलीय गठबन्धनभित्रका…

Read More

काठमाडौं – नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । अन्य दाबेदार भन्दा कोइरालाको उम्मेदवारी बलियो देखिएकोले पार्टीले उनलाई टिकट दिएको बुझिएको छ । कोइराला डा. शेखर कोइराला निकट नेता हुन् ।

Read More

इटहरी – पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपहार स्वरुप राजदण्ड सहितको सुनचाँदी र मोति जडित ‘श्रीपेच’ उपहार प्राप्त भएको छ । इटहरी निवासी कर्ण विश्वकर्माले पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किने क्रममा चन्द्रगढी एयरपोर्टमा पूर्व राजालाई सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन् । विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्रीपेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले सजाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न जडित ‘श्रीपेच ‘ सहित ‌राजदण्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना…

Read More