काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो ।
अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।
Facebook Comments Box