इटहरी – पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपहार स्वरुप राजदण्ड सहितको सुनचाँदी र मोति जडित ‘श्रीपेच’ उपहार प्राप्त भएको छ ।
इटहरी निवासी कर्ण विश्वकर्माले पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किने क्रममा चन्द्रगढी एयरपोर्टमा पूर्व राजालाई सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन् ।
विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्रीपेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले सजाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न जडित ‘श्रीपेच ‘ सहित राजदण्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना गरेको छु।’
‘श्रीपेच ‘ समाउदै राजाले विश्वकर्मालाई ‘श्रीपेच ‘ उपहार दिएकोमा ३ पटकसम्म धन्यवाद व्यक्त गरे ।
Facebook Comments Box