Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गते शुक्रबारदेखि हुने परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तका अनुसार परीक्षा सञ्चालनका लागि १६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। यो वर्ष भने  ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा पनि नियमिततर्फको परीक्षामा नै  बताइएको छ । विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीको परीक्षा नियमित परीक्षार्थीले जाँच दिने विद्यालयमा नै हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पन्तले जानकारी दिनु भएको छ । जिल्लामा  …

Read More

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक पुनः सुरु भएको छ । गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको हो । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् । यसअघि आज बिहान बसेको बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले…

Read More

काठमाडौँ– सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ । काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ । प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता रहने छ । अन्तिम ३६ होलको चरणमा भने उत्कृष्ट २१ व्यावसायिक खेलाडी र व्यावसायिक कटमा पर्न सफल हुने उत्कृष्ट ६ अमेच्यर खेलाडी छनोट हुने छन् । प्रतियोगितामा कुल ५ लाख ४५ हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ । उत्कृष्ट प्रतिस्पर्धीमा भुवन नगरकोटी, जयराम श्रेष्ठ,…

Read More

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् । उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन नगर्ने बताएका हुन् । ‘गठबन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा एसको अस्वभाविक दाबीका कारणले निष्कर्ष…

Read More

काठमाडौं- युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् । यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए । सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा…

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ जसले औसत भन्दा कमजोर आधार जानाउछ । यसमा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३०…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ३५० रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ जसले औसत भन्दा कमजोर आधार जानाउछ । यसमा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३०…

Read More

रामेछाप – स्थानिय तहको निर्वाचनमा टिकटको बिषयमा विवाद हुँदा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले हातपात भएको छ । नेकपा एमाले केन्द्रीय सम्पर्क समितिका सदस्य लक्ष्मी न्यौपानले बैठकमा नै नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि हातपात गरेकी हुन् । पार्टीको केन्द्रिय सम्पर्क कमिटीको बैठकमा स्थानिय तहको टिकट बाडफाँडको बिषयमा छलफल चलेको बेला पार्टीका सदस्यहरु बिच एकआपसमा भनाभन भएको थियो । भनाभन हुँदै गर्दा ढुगेल माथि आफ्नै कार्यकर्ताले आक्रमण गरेका हुन् । बैठकमा नेकपा एमालेको तर्फवाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा टिकट दिने बिषयमा बैठकमा नै चर्काचर्की चलेको थियो । एमालेको तर्फवाट प्रस्तावित उम्मेदवारहरु मध्ये अध्यक्ष पदमा प्रेमवहादुर तामाङ्ग,…

Read More

काठमाडौं – पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भएमा निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले आफ्नो नाममा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु रहेकालाई उम्मेदवार हुन निर्वाचन आचारसंहिताले नदिने बताए । ‘यसअघिका निर्वाचन आचारसंहिताको तुलनामा यसपालिको आचारसंहिता बढी व्यवस्थित गरिएकाले यसपालि आयोगले पेस्की र असुल उपर गर्नुपर्ने बेरुजुलाई विशेष रुपले हेर्न लागेको छ’, उनले भने, ‘सम्बन्धित स्थानीय तहको हकमा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएका व्यक्ति निर्वाचित भएमा उजुरीका आधारमा निजको पद जान सक्छ ।’ हालै धनगढीमा भएको अन्तरक्रियामा प्रमुख निर्वाचन…

Read More