काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ जसले औसत भन्दा कमजोर आधार जानाउछ । यसमा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यस कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ जसको प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ रहेको छ ।
Facebook Comments Box