Author: महेन्द्रनगर पोष्ट

कैलाली- ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका ८ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिदैं डाक्टर निराजनदत्त शर्मा पौडेलले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफुहरु पनि…

Read More

कञ्चनपुर- स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरिएको गठबन्धन प्रति कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेसले गठबन्धन प्रति असन्तुष्टि जनाउदै पुनर्वासमा विरोध भेलाको आयोजना गरिएको छ । नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले एक सूचना जारी गर्दै गठबन्धनको विरोधमा भेलामा उपस्थितिका लागि आव्हान गरेका हुन् । पार्टीको तल्लो निकायसँग परामर्श छलफल नगरीकनै माथिल्ला निकायले गठबन्धनको निर्णय गरेको भन्दै उनले आपत्ति रहेको बताए । केन्द्रले गरेको गठबन्धनका कारण पार्टीको संगठननै ध्वस्त हुने स्थिति देखिएपछि विरोधमा उत्रनु परेको उनको भनाई छ ।

Read More

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आमसभामा उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, “अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।” पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताउनुभयो । महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी…

Read More

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताउनुभयो । दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।” वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूआत आज चितवनको भरतपुरबाट सुरू भएको उहाँको…

Read More

तनहुँ- घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । राष्ट्रिय समाचार समितिले प्राथमिकताका साथ ‘तनहुँमा बालिका बेपत्ता’ शीर्षकमा आज बिहानको बुलेटिन समाचार प्रकाशित भएपछि बालिका सकुशल भेटिएकी हुन् । स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राख्नुभएको हो । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए । बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन…

Read More

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए । अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने । ‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो…

Read More

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट १० र एन्टिजेन परीक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४ हजार ८०७ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ३५८र एन्टिजेन परीक्षण १४४९ भएको छ । २४ घण्टामा ५७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । २४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०.३ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

Read More

काठमाडौं – बुधबार नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ । नेप्से ०.९५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा पुगेको छ । कूल २२६ वटा कम्पनीको ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बजारमा कुल १९५ कम्पनीको सेयर कारोबारमा आएकोमा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । ६…

Read More

काठमाडाैं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ । बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो । ठाकुरको स्वास्थ्यमा समस्या आएको जानकारी भएपछि चिकित्सक पाण्डेसहितको टोली उनी बसेको होटेलमै बिहान करिब ८ बजेतिर पुगी स्वास्थ्य जाँच गरेका थिए । पार्टीको कार्यक्रमका लागि ठाकुरसहित अन्य नेताको टिम मंगलबारदेखि भैरहवामा थियो । मंगलबार विमानबाट भैरहवा पुगेका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए ।

Read More

भक्तपुर – एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो । ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा,…

Read More