काठमाडौं – बुधबार नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ ।
नेप्से ०.९५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा पुगेको छ । कूल २२६ वटा कम्पनीको ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बजारमा कुल १९५ कम्पनीको सेयर कारोबारमा आएकोमा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज सबैभन्दा बढी कमाउनेमा भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ ।
नेस्डोको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । यसका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा नेस्डोको प्रतिकित्ता शेयर मूल्य १५४५ रुपैयाँ पुगेको छ । कमाउनेमा सोल्टी होटल ३.९९ प्रतिशत, तारागाउँ रिजेन्सी होटल ३.९४ प्रतिशत, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर २.३० प्रतिशत र सिंगटी हाइड्रोका लगानीकर्ताले २.२८ प्रतिशतले कमाएका छन ।
आज गुमाउनेमा भने सबैभन्दा बढी इमर्जिङ नेपालका लगानीकर्ता छ । यसको मूल्यमा नकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा १० प्रतिशतले बढे वा घटेमा सर्किट लाग्ने गर्छ । इमर्जिङको शेयरमा नाकारात्मक सर्किट लागेर बुधबार ११९० रुपैयामा झरेको छ । कम्पनीहरूमा राष्ट्र उत्थान लघवित्त, बुद्धभूमि नेपाल हाइड्रो, नयाँ सारथि लघुवित्त, शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.७५ देखि ५.४७ प्रतिशतसम्मले गुमाएका छन् । आज सबैभन्दा बढी कारोवार गर्नेमा भने हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । यसको ९ करोड ४१ लाख रुपैयाँको कारोवार भएको छ ।