Author: महेन्द्रनगर पोष्ट

राम धामी ,डडेल्धुरा-पछिल्लो समयमा निकै सिर्जनसिल र लोकप्रीय काम गरेर जिल्लामा क्रियासिल पत्रकारहरुको हक हित प्रवद्र्धनमा सकृय नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार सिर्जनात्मक रुपमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाएको छ। नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा जिल्लामा क्रियासिल पत्रकारहरुको निशुल्क आँखा जाँच र उपचार समेत गरिएको छ। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियासिल पत्रकारहरुले आँखा जाँच गरिएको छ भने सात जना पत्रकारहरुलाई निशुल्क चस्मा र अन्य आँखाका बिरामी पत्रकारहरुको आँखाको उपचार गरिएको हो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनमा आयोजित आँखा जाँच तथा उपचार कार्यक्रमको ब्यानर पढेर महासंघका सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ५ हजार १ सय ९२ परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा भने संक्रमित थपिएका छैनन् । मन्त्रालयले गत २४ घण्टामा ७७ जना कोरोनामुक्त भएको जनाएको छ भने कुनै पनि संक्रमितको मृत्यु नभएको जनाएको छ । नेपालमा अहिलेको अवस्थामा १ हजार १४६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ । शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो । शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन ५ वटा योजना प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले देउवाको पहिलो योजनामा परेको छ– समावेशी रिकभरी योजना । यसको लागि उनले खोप, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाहरूको विस्तार, भौतिक र मानव पुँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीको रूपमा काम गर्नुपर्नेमा जोड दिए । श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचौँ बिमस्टेक समिटमा काठमाडौँबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुनस् स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ ‘बिमस्टेक…

Read More

काठमाडौं – सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार बढेकाे छ । आज ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । नेप्से १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ । अन्तिम सयमसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ । सबै उपसमूह…

Read More

भक्तपुर – भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार ६५६, महिला २९ हजार ६१४ गरी कूल ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा पुरुष २२ हजार ९८०, महिला २४ हजार ३८५, तेस्रो लिङ्गी दुई गरी कूल ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८…

Read More

गण्डकी – पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ । पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । ‘पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौँसम्म पनि यस सडक…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए । ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उनले भने । अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – त्रिकोणात्मक टी २० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपाललाई मलेसियाले ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसायका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन…

Read More