काठमाडौं – सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार बढेकाे छ ।
आज ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । नेप्से १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ ।
अन्तिम सयमसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ ।
सबै उपसमूह बढेका छन् । बैंकिङ ३, विकास बैंक १४४, फाइनान्स ६६, होटल तथा पर्यटन ७७, जलविद्युत ७३, लगानी २, जीवन बीमा २११, उत्पादन ८७, लघुवित्त ७१, निर्जीवन बीमा १९१, अन्य ८२ र ब्यापार उपसमूह ९ अंकले बढे ।
इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त, नेस्डो लघुवित्त र सामलिङ पावरको मूल्य १० प्रतिशत हारहारीमा बढ्यो । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेको छ ।
आज नेप्से बढेर कारोबार खुम्चिदा एनसीसी डिबेञ्चरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज २ प्रतिशतले घटेको हो ।त्यस्तै, यूनिलिभर नेपालको १.९५ प्रतिशत, कुमारी इक्वाटी फण्डको १.८० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको १.७९ प्रतिशत र सानिमा डिबेञ्चरको १.७५ प्रतिशतले घटेको हो ।
बुधबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।