धनगढी: कैलाली र कञ्चनपुरका किसानबाट पावरटिलर मेसिन दिने भन्दै रकम असुली भइरहेको खुलेको छ। उक्त ठगीमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले काठमाडौंबाट पक्राउ परेका दुबै महिलालाई कञ्चनपुर ल्याएर अनुसन्धान थालिएको छ।
‘किसान समूहरुले दुबै जनाले ठगी गरेको जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ डीएसपी बोहराले भने, ‘कञ्चनपुरमा मात्रै ६० लाख ठगी गरेको आरोप छ। कैलालीबाट पनि ठगी भएको भन्दै गुनासो आएको छ।’
उनीहरुले प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गरेको आरोप छ।
Facebook Comments Box