काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन ५ वटा योजना प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्रीले देउवाको पहिलो योजनामा परेको छ– समावेशी रिकभरी योजना । यसको लागि उनले खोप, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाहरूको विस्तार, भौतिक र मानव पुँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीको रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचौँ बिमस्टेक समिटमा काठमाडौँबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुनस् स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
‘बिमस्टेक आर्थिक सम्बन्ध प्रवद्धन् गर्ने, निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने र व्यापार तथा पारवहन सहजीकरणमा केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने । कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौँ नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको देउवाले बताए ।