Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज विश्व पृथ्वी दिवस हो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवसको…

Read More

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं– रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दाको सुनुवाई आज हुने भएको छ । यसअघिको सुनुवाईमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको छ । यसअघि गत वैशाख २ गते पनि सुनुवाई रहेको उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । विगत लामोसमयदेखि सुनुवाको तय भए पनि अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न भने सकेको छैन ।

Read More

काठमाडौं  – स्थानीय तह निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको हो । अब २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए…

Read More

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो…

Read More

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् । तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका महानिर्देशक गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेअत गरेमा हुन् । अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए । डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।

Read More

काठमाडाैँ-  उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ। लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो। १० कित्ताका दरले आईपीओ बाँडफाँट हुँदा…

Read More

काठमाडौं– नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत उपसमिति गठन गरिएका छन् । उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले उपसमितिहरुमा संयोजकसमेत तोकेका छन्। भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा प्रदीप पौडेल र शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य संयोजक तोकिएका छन्। यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशमसेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जितजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरि खतिवडा संयोजक तोकिएका छन्।

Read More

काठमाडाैँ- चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउँदैछन् । अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ। यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ। भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ। नेपालले युक्रेनमाथि…

Read More

हेटौंडा – हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे । संयोगले कम्युनिष्ट पार्टी स्थापनाकै दिन दिवंगत नेताहरूको शालिक तोडफोड भएको छ । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले…

Read More