काठमाडौं – स्थानीय तह निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको हो । अब २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।
५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।
Facebook Comments Box