Author: महेन्द्रनगर पोष्ट

बर्दिया-यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो। एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए।

Read More

कैलाली- त्रिभुवन आर्मी क्लबले धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि हात पारेको छ। आज शनिबार बिहान भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख चित्त बुझाएको छ। यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ। तेस्रो हुने गण्डकीले एक लाख पाएको छ भने चौथो स्थान हासिल गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

Read More

गलकोट – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन्। उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताए। नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए। “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,” मन्त्री पौडेलले भने। उनले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच चुनावी गठबन्धनलाई लिएर कुराकानी भइरहेको छ । शनिवार (आज) काठमाडौँमा आयोजित कार्यक्रममा दुवै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने काँग्रेसको हालत पनि भारतको काँग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका छन् । काँग्रेस सभापति देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । उनले भने, ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौँ भन्दा फेरि मिलिदिए भने नि ? उहाँहरू मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔँ के…

Read More

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । यस भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटघाटपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी…

Read More

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ८ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा संक्रमितको संख्या शून्य छ । २४ घण्टामा पीसीआर १६९६ र ९४९ एन्टिजेन गरी २ हजार ६५५ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २१० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको छ।

Read More

एजेन्सी – बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। “बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाउनुभएको छ । मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ। “पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।” विज्ञप्तिमा जनाइएको छ । गत फेब्रुअरी २४ मा…

Read More

जुम्ला – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा सुशासन कायम नहुँदा सरकारको विश्वसनियता र साख कमजोर बनिरहेको गुनासो आएको बताएका छन् । उनले घुस लिने वा दिने दुवै पक्षको खराब आचरणका कारण भ्रष्टाचार हुने बताउँदै घुस लिनु र दिनुमा सेवाग्राहीको समेत भूमिका रहेको बताए । जुम्लामा शनिवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रियामा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी भ्रष्ट आचरणमा संवेदनशील हुनुपर्ने र सार्वजनिक पदाधिकारीसँग सम्पर्कमा रहने समाजका अन्य व्यक्ति समेत गतल आचरणप्रति सचेत हुनु पर्ने उनसको सुझाव छ । आयोगका सहसचिव राजेन्द्र केसीले भ्रष्टाचार निवारण ऐ अनुसार सार्वजनिक कार्य गर्दा रिसवत लिएको, जिम्मेवारी निर्वाह गर्दा कमिसन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् । तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिने सकिने उनको भनाइ छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका कारण थप आर्थिक सहयोग आउने दावी पनि गरेका छन् । ‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याएका…

Read More