काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । यस भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री खड्कासँग भेटघाटपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।
Facebook Comments Box