Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २१ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा ३ जनालाई संक्रमण पुष्टि भएको छ। २४ घण्टामा पीसीआर ३ हजार २७८ र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको छ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिता प्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो । तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने । आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा…

Read More

काठमाडौं – काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

Read More

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्दा त्यहि राखेको रहेछ । त्यहीँ प्रेसर पर्‍याे । त्यो मौका पाउँदा हुल नै भित्र छिर्‍याे,’ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ले भने,…

Read More

काठमाडौं — आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो । प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न÷गराउन प्रतिबद्ध छौँ ।’ दलका नेता तथा प्रतिनिधिले…

Read More

उदयपुर – उदयपुरको बेलका नगरपालिकाको कोशी जनता माध्यामिक विद्यालय रामपुरमा अध्ययनरत कक्षा १० मा छात्रा कविता सुनुवारको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । उनको हत्याको अभियोगमा उनकै सहपाठी सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल पक्राउ परेका छन् । केही दिनअघि सरिता र कविताबीच सामान्य झगडा परेकोले सोही रिसमा सरिताले राजेन्द्रलाई बोलाएर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बिहान साढे ५ बजेतिर कवितालाई यसोदा खोलामा आइपुगेपछि ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको अनुमान छ । एसईई तयारी गरिरहेकी सुनुवारको बिहान ट्युसन पढ्न आउँदै गर्दा यसोदा खोलामा हत्या भएको थियो । उनको…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ । आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा लागू नहुने बताए । ‘केही दिन अगाडि के समाचार आयो भने, ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने ! त्यो पनि सही समाचार होइन,’ दलहरूसँग आचारसंहिताका विषयमा प्रतिबद्धता लिन आयोजित बैठकमा उनले भने,‘हो कुरो चाहिँ के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन्…

Read More

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहका अनुसार उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको हो ।

Read More

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्। मन्त्री गहतराजले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।” नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री गहतराजले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका हुन्।

Read More

लमजुङ – लमजुङका सबै स्थानीय तहमा सत्तारूढ चार दलबीच तालमेल हुने भएको छ। आज बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने निर्णय गरेको हो। लमजुङका आठ स्थानीय तह र जिल्ला समन्वय समितिमा चार दलले चुनावी तालमेल गर्ने भएका हुन्।साथै कांग्रेस सभापति टकराज गुरूङ संयोजकत्वमा चार सदस्यीय जिल्ला संयन्त्र गठनसमेत गरिएको छ। यस्तै दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने निर्णसमेत उनीहरूले गरेका छन्। उनीहरूले एकअर्का दललाई लक्षित गर्दै आरोप-प्रत्यारोप गर्न नपाइने पनि बताएका छन्।

Read More