Author: महेन्द्रनगर पोष्ट

भारत- भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । मंगलबार भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको हो । हालसम्म पेट्रोल/ डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ। मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ।

Read More

काठमाडौं । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए। “मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,” कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल…

Read More

झापा – केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो । राष्ट्रिय जनगणना २०७८…

Read More

काठमाडौँ – स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ । १७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक…

Read More

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी (सोमबार) गुडीरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख ५०० रुपैंया प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैंयाल घटेर प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैंयाले ओरालो लाग्दै प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको प्रतितोलाको मूल्य १ हजार ३८० रुपैंया रहेको थियो ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिका लागि बोलाइएको पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्ने छ । देशभरिको रिर्पो‍ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्ने बताइएको छ ।

Read More

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन्। हिजो (सोमबार) अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन् । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए । गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढीपदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो। तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए । कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरी राज जोशीले गरेका थिए । पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउनेनवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा…

Read More

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गएराति सुतली बम विस्फोट भएको थियो । दुई जना घाइते भएका छन् । विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो । प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीेले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिन्छ ।’ विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ । डीआईजी बिसीले विस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई…

Read More

काठमाडौं – बलेफी हाइड्रोपावरले सर्वसाधारणका लागि चैत १६ गते देखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा चैत २१ गते हुनेछ भने…

Read More