Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ। जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली सेना स्वर्ण पदक जित्न सफल भएको थियो।प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए। नेपाली सेनाले त्यो प्रतियोगितामा पहिलो…

Read More

काठमाडौं- सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको हो। मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान…

Read More

कैलाली-युवा पत्रकारिता पुरस्कारबाट धनगढीका पत्रकार सीताराम ओझा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आइतवार आज कार्यक्रमका बिच युवा पत्रकारिता पुरस्कारबाट ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो। ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार नगद रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

Read More

कैलाली-अत्तरिया -धनगढी–छ लेन सडकमा खण्डमा अटोरीक्सा दुर्घटना परेकोे छ। गोदावरी नगरपालिकाको गेटाको वन कार्यालय अगाडि अटो दुर्घटना भएको हो। से १ घर १९५३ नम्बरको अटो सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले बताइएको छ । यस्तै दुर्घटनामा दुइ यात्रु घाइते भएको जनाइएको छ। प्रहरीका अनुसार घाइतेहरुको अवस्था मध्यम रहेको जनाइएको छ ।

Read More

रसुवा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन्। रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ।” नेकां नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए।मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसकाविरुद्धका प्रचार तथा नकारात्मक टीका…

Read More

काठमाडौ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९.९० मा पुगेको छ। नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन। कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर रु चार अर्ब ८७ करोड सात लाख १५ हजार ३८७ मूल्यमा खरिद बिक्री भए।नेप्सेका अनुसार कारोबार भएका…

Read More

काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा बढुवा भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन । प्रधानसेनापति शर्माले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नेपाल सरकारकाे फाल्गुण २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो। उपरथी दर्जामा पदोनन्ती अधिकारीलाई राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति गरिएकाे छ।

Read More

कैलाली-कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। मतगणनाअनुसार अध्यक्षका उम्मेदवार देवबहादुर बमले अग्रता बढाउदै लगेका छन्।६ हजार मतगणना हुँदा बमले ३ हजार ५९ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतले २ हजार ३७६ मत पाएका छन्। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिबार मतदान भएको थियो।निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। सहकारीको नेतृत्वको लागि कठायत र बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा उत्रिएका थिए।कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेशमा आइतवार कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ। पछिल्लो २४ घण्टामा ९४२ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयका अनुसार सोही अवधिमा दुई जना कोरोनामुक्त भएका छन्। हाल सम्म प्रदेशमा कोरोनाका कारण ६३३ जनाको ज्यान गएको छ।

Read More

काठमाडौं – डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

Read More