काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा बढुवा भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।
प्रधानसेनापति शर्माले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
नेपाल सरकारकाे फाल्गुण २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो।
उपरथी दर्जामा पदोनन्ती अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति गरिएकाे छ।
Facebook Comments Box