कैलाली-युवा पत्रकारिता पुरस्कारबाट धनगढीका पत्रकार सीताराम ओझा सम्मानित भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले आइतवार आज कार्यक्रमका बिच युवा पत्रकारिता पुरस्कारबाट ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो।
ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार नगद रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।
Facebook Comments Box