Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि तीन देशको श्रम स्वीकृति बन्द गरेको छ । मन्त्रालयले रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै सेसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति रोकेको हो । वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचलले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोकेको बताएको छ । मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी रहेको अवस्थामा उनीहरूमार्फत नै पठाउनु उपयुुक्त हुने राय मन्त्रीसमक्ष पुगेको बताइएको छ ।

Read More

सप्तरी – सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने…

Read More

नयाँदिल्ली- भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् । ‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ मेहताले भने, ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो-प्यासोफिक रणनीति लागू गर्न…

Read More

सोलुखुम्बु – प्रहरीले सोलुखुम्बुको दुधकोशी गाउँपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडाैँ- रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत्र २७ गतेदेखि जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गर्ने भएको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने छ । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख…

Read More

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम तीव्ररूपमा अगाडी बढाएको छ। नेपाली सेनाको निगरानीमा बिहीबार मेसिनको परीक्षण गरिएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। बिहीबार नेपाली सेना, आयोगका कर्मचारीको निगरानीमा मतपत्र छाप्ने मेसिनको परीक्षण गरिएको उनले बताए। आज मतपत्रको छपाइ परीक्षण गरिनेछ। बिहीबार मेसिन परीक्षणका लागि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालगायत आयोगका पदाधिकारी जनक शिक्षा पुगेका थिए। नेपाली सेनाको उपस्थितिमा मेसिनको परीक्षण गरिएको थियो। मेसिनको परीक्षण सफल भएपछि आज नुमना मतपत्र छापिने छ। आजै आयोगको बैठक बसेर कहिलेबाट मतपत्र छाप्ने भन्ने निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। जनक…

Read More

काठमाडौँ– सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका निर्देशक नमराज घिमिरेका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सार्वजनिक यातायातको भाडा बढाइएको हो। व्यवसायीले केही सयमयता भाडा बृद्धि गर्न सरकारमाथि दबाब दिँदै आएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने प्रणालीको विकास गरिने विभागले जनाएको छ। विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू…

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको विनिमय दर कस्तो ?

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहितको जम्बो टोली भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ…

Read More

पाल्पा – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताएका छन् । उनले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए। पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताए। उनले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए। नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो। नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा…

Read More