Author: महेन्द्रनगर पोष्ट

बझाङ- बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो । दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुघटनामा तीन जना घाइते भएका छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२ः ४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र…

Read More

कर्णाली- स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले १० वटै जिल्लामा सिट बाँडफाँटबारे गहन छलफल भइरहेको बताउनुभयो । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्ष आएको अवस्था छैन्”, उहाँले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै…

Read More

वाशिंगटन- जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ।युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,’ अल्जाजीराले रिपोर्ट गरेको छ। ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ,’ नोटमा भनिएको छ। उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश…

Read More

मनिला- फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरूको तिव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्‌सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ । यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ…

Read More

बेइजिङ- चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक गरेको छ । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ । – माओको प्रतिवद्धता…

Read More

मस्को- रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ । युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् । धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च…

Read More

तनहुँ- नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो । कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । “कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो”, जिल्ला सचिव लक्ष्मीभक्त खनालले भन्नुभयो । सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दैछ । विसं…

Read More

काठमाडौं- गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ । प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ । यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झण्डै रु दुई करोडको क्षति भएको छ ।…

Read More

कैलाली- कैलालीमा चुनावी तालमेलका विषयमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । सहमितका लागि बसेको छैठौं बैठक पनि निष्कर्ष विहीन बनको छ । शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । दलहरुबीच सहमति नजुटेपछि भागबण्डा टुंग्याउने जिम्मा प्रदेशस्तरीय समितिलाई दिइएको छ । बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, नेकपा माओवादी र एकीकृत समाजवादीले चार÷चार स्थानीय तहमा दाबी गरेको छ । काँग्रेसले तत्कालिन फोरम लोकतान्त्रिकसहितको मतभार हेरेर धनगढी उपमहानगरपालिकासहित ११ पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि कैलारी…

Read More

स्याङ्जा- स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । “स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार अन्य हस्तकलाका सामग्री कोसेली घरमा राखेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौँ ।” वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास…

Read More