Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी…

Read More

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ८ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा संक्रमितको संख्या शून्य छ । २४ घण्टामा पीसीआर १६९६ र ९४९ एन्टिजेन गरी २ हजार ६५५ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २१० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको छ।

Read More

एजेन्सी – बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। “बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाउनुभएको छ । मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ। “पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।” विज्ञप्तिमा जनाइएको छ । गत फेब्रुअरी २४ मा…

Read More

जुम्ला – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा सुशासन कायम नहुँदा सरकारको विश्वसनियता र साख कमजोर बनिरहेको गुनासो आएको बताएका छन् । उनले घुस लिने वा दिने दुवै पक्षको खराब आचरणका कारण भ्रष्टाचार हुने बताउँदै घुस लिनु र दिनुमा सेवाग्राहीको समेत भूमिका रहेको बताए । जुम्लामा शनिवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रियामा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी भ्रष्ट आचरणमा संवेदनशील हुनुपर्ने र सार्वजनिक पदाधिकारीसँग सम्पर्कमा रहने समाजका अन्य व्यक्ति समेत गतल आचरणप्रति सचेत हुनु पर्ने उनसको सुझाव छ । आयोगका सहसचिव राजेन्द्र केसीले भ्रष्टाचार निवारण ऐ अनुसार सार्वजनिक कार्य गर्दा रिसवत लिएको, जिम्मेवारी निर्वाह गर्दा कमिसन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् । तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिने सकिने उनको भनाइ छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका कारण थप आर्थिक सहयोग आउने दावी पनि गरेका छन् । ‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याएका…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए । ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने । उनले एमाले बाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे । ‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन्…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् । चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।

Read More

काठमाडौं – इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा भारतको सिलिगुढिबाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना भएको छ । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत सो सडकमा बा ५ ख ७९४२ नम्बरको बस आफै अनियन्त्रित भै आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परि ४ जना गम्भिर घाईते भएको स्थानीयले बताएका छन् । दुर्घटनाका कारण मुग्लिन–नागढुङ्गा सडकखण्ड केहिबर अवरुद्ध बनेको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्। शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले स्थानीयलाई जिम्मा दिएका काम राम्रो भएकाले विकास निर्माणको काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिए। उनले विकास निर्माणको काम स्थानीय सरकार दिएका अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी भएको बताए। प्रधानमन्त्री देउवले भने‚ ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ। अहिलेसम्म राम्रो काम भएको पनि छ।’ उनले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए। २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमाले का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्। चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो । उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रातिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो । सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल थिए । स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उनले नेपाल चीनबीचको…

Read More