Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा भारतको सिलिगुढिबाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना भएको छ । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत सो सडकमा बा ५ ख ७९४२ नम्बरको बस आफै अनियन्त्रित भै आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परि ४ जना गम्भिर घाईते भएको स्थानीयले बताएका छन् । दुर्घटनाका कारण मुग्लिन–नागढुङ्गा सडकखण्ड केहिबर अवरुद्ध बनेको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्। शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले स्थानीयलाई जिम्मा दिएका काम राम्रो भएकाले विकास निर्माणको काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिए। उनले विकास निर्माणको काम स्थानीय सरकार दिएका अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी भएको बताए। प्रधानमन्त्री देउवले भने‚ ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ। अहिलेसम्म राम्रो काम भएको पनि छ।’ उनले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए। २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमाले का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्। चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो । उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रातिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो । सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल थिए । स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उनले नेपाल चीनबीचको…

Read More

सुनसरी – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल अनुगमनपछि पत्रकारहरुसंगको कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए । सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो । कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे। गुणस्तरीय स्वास्थ्य सेवा…

Read More

काठमाडौं – धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको सकुशल उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका -१६ पुलचोकबाट बिहिवार ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल बेपत्ता भएकी थिइन् । आफ्न्तले सो क्षेत्रमा खोजे पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराएको थियो । खोजतलास गर्ने क्रममा विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ…

Read More

वाशिंगटन – जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू लोकतान्त्रिक जन गणतन्त्रद्वारा ब्यालिस्टिक मिसाइलहरूको निरन्तर परीक्षणको कडा निन्दा गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियालाई सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूबाट उत्पन्न हुने सबै कानूनी दायित्वहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनीहरूले संयुक्त राज्य अमेरिका, कोरिया गणतन्त्र र जापानलगायत सम्बन्धित सबै पक्षहरूले राखेका बारम्बार वार्ताका प्रस्तावहरूलाई…

Read More

काठमाडौं – चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाडौंको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौंको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिका बाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए । नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । अघिल्लो पटक नेपाल आउँदा उनी नगरकोट हाइकिङ गरेका थिए।

Read More

काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् । बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।

Read More

काठमाडौं – प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।​ बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ । ८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न। ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए । ‘प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी…

Read More

काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते भएका छन्। शुक्रवार साँझ अवलोकनकर्ता खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमप्रसाद रेग्मीले जानकारी दिए। घाइतेमध्ये तीनजनाको गम्भीर रहेको उनले बताए। घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्केका र सातजनाको कपिलवस्तुमै उपचार भइरहेको छ। घटनाबारे थप छानबिन भइरहेको एसपी रेग्मीले बताए।

Read More