Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । आज (बिहिबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए । बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ ।

Read More

काठमाडौं – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा एआईजीमा बढुवा गर्न सिफारिस गरे पनि त्यस विरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बढुवा समितिले गरेको सिफारिसलाई बुधबार सदर गरेको थियो ।

Read More

काठमाडौं –  सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुगेको बताएका छन् । बिहीबार  रिपोर्टस् क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा उनले  सञ्चारमाध्यममा आएजस्तो श्रीलंकाको अवस्थामा नेपाल नपुगेको बताएका हुन् । “मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलंकाले जे समस्या भोगेको छ, कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ । त्यो ठाउँमा नेपाल होइन,” उनले भने । नेपालमा विविध कारणले समस्या भएको र सम्हाल्न सक्ने अवस्थामा रहेको उनले उल्लेख गरे । “अर्थतन्त्र गम्भीर स्थितिमा छ । तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र,…

Read More

काठमाडौं – काठमाडौंको मैतीदेवीस्थित सेतो पुल नजिकै सालनालसहितको नवजात शिशुको शव मृत अवस्थामा फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए । नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्दै उनले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताए ।

Read More

काठमाडौं – पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिनुभएको थियो । बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौँता रकम नबुझाएका कारण आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका…

Read More

महेन्द्रनगर – आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताउनुभयो । केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ । चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको…

Read More

काठमाडाैं – गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेकाे जोरपाटी-साँखु सडकखण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् । उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् । ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् । यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमश: नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधjकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि…

Read More

पाकिस्तान – संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ। अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ। ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्। बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसद मात्रै बाँकी रहेका छन्। विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको सङ्ख्या २५ देखि ४० जना रहेको बताइन्छ। पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन्। पूर्व क्रिकेटर खान…

Read More

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

Read More