काठमाडौं – सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । आज (बिहिबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।
बैठकले देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए ।
बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ ।
Facebook Comments Box