Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल…

Read More

चितवन – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।

Read More

चितवन – चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन । उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले…

Read More

काठमाडौं – नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर…

Read More

भारत- भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । मंगलबार भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको हो । हालसम्म पेट्रोल/ डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ। मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ।

Read More

काठमाडौं । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए। “मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,” कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल…

Read More

झापा – केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो । राष्ट्रिय जनगणना २०७८…

Read More

काठमाडौँ – स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ । १७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक…

Read More

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी (सोमबार) गुडीरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख ५०० रुपैंया प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैंयाल घटेर प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैंयाले ओरालो लाग्दै प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको प्रतितोलाको मूल्य १ हजार ३८० रुपैंया रहेको थियो ।

Read More