Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भन्सार छली गरी मोबाइल ल्याएको भन्दै एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय आशिक श्रेष्ठलाई नागार्जुनबाट पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठको मोबाइल पसल खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका दुई लाख मूल्य बराबरका ३० थान फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा आईफोन, सामसङ, वनप्लस, ओप्पो, रेड्मी, भिभो, रियलमी लगायत ब्राण्डका फोन कर छली गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले सर्लाही जिल्लाको बागमती नगरपालिका –७ नीमीचोकमा भएको घटनापछि सृजित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई टेलिफोन गरी स्कुले बालिकाको हाइड्रो क्रेनको ठक्करबाट मृत्यु भएपछि सृजित परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्णरूपमा समाधान गर्न निर्देशन दिएका हुन् । प्रजिअ गौतमले गृहमन्त्रीबाट शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न निर्देशन भएको जानकारी दिए । ‘घटनाबाट सृजित परिस्थितिको शान्तिपूर्ण रूपमा समाधान निकाल्न मन्त्रीज्यूबाट निर्देशन भएको छ । हामीले त्यसै अनुरूप सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेका छौँ,’ प्रजिअ गौतमले भने । बिहीबार मध्यान्ह तिर बिागमती न।पा।७ निमीचोकको…

Read More

सप्तरी – सप्तरी प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका- ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनकाे साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेकाे प्रहरीकाे दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत क्षमता र दक्षता दुबै नभएका कारण कटौती गरेको आरोप लगाएका छन् । काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ आरोप लगाउदैं उनले भने ‘चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’ उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने पनि बताए ।

Read More

काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ । दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भयो । ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह १८ अंक बढ्यो । बैंकिङ ६, होटल तथा पर्यटन…

Read More

काठमाडौं – सरकारले आज तीन नायब प्रहरी महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेको छ । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले लोकसेवा आयोगको सदरपछि बढुवा गरेको केही बेरमै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध केही बेर अघि मात्रै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा…

Read More

ललितपुर- ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए । आयोगले सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना छन् । आयोगकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाका अनुसार कोञ्ज्योसोममा आठ हजार ५८८ जना, गोदावरीमा ५४ हजार ३९९, बागमतीमा १२ हजार ३२८, महांकालमा नाै हजार १२, महालक्ष्मीमा ३६ हजार ६६७ ललितपुमहानगरमा एक लाख २२ हजार ८९० जना मतदाता छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि यसपटक निर्वाचन…

Read More

काठमाडौं – आइतबारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदैछ। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि रेल सञ्चालनमा ल्याउने अधिकारीहरूले बताएका छन्। सञ्चालनमा आउने ३५ किलोमिटर रेल खण्ड भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो। उक्त रेलमार्गका लागि भारत सरकारको ८।७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ। `सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद् गर्नुपर्ने हुन्छ। एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ,´ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक…

Read More

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो । नेपालका लागि दिपेन्द सिं ऐरीले विस्फोटक ६६ रनको पारी खेले । उनले ३३ बलदमा ४ छक्का र ३ चौकाको मद्दतले उक्त रन बनाएका थिए । त्यस्तै डेब्यूम्यान मोहम्मद आदिल आलमले ११ बलमा विस्फोटक ३१ रन बनाउँदै नेपालको स्कोर शानदार बनाए । नेपालका लागि कुशल भुर्तेलले १७ रन बनाए भने आशिफ शेखले ३८ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ४१ रन बनाउँदा करण केसी १ रनमा…

Read More

ललितपुर – ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ परेका छन् । यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएकोमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याएको प्रहरीको भनाइ छ ।

Read More