काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् ।
जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत क्षमता र दक्षता दुबै नभएका कारण कटौती गरेको आरोप लगाएका छन् ।
काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ आरोप लगाउदैं उनले भने ‘चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’ उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने पनि बताए ।
Facebook Comments Box