Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-जिल्लाको कृष्णपुर नगरपालिका – ८ मा ईलाका प्रहरी कार्यालय रैकवार बिचवाको भवन शिलान्यास गरिएको छ। आईतवार नगरप्रमुख कर्ण बहादुर हमालले भवनको शिलान्यास गरेका हुन।भवन कृष्णपुर नगरपालिकाको २५ लाखको लगानीमा उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको हो।

Read More

दार्चुला-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा १४राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ४ दल र मान्यता प्राप्त नभएका साना १० दल गरी १४वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार ४ठूला दलबाहेक १० वटा साना दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन्। निर्वाचन कार्यालयले दल दर्ताका लागि चैत ६ गते सम्मको मिति तोकेको थियो। उक्त मितिमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरुले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका हुन। जिल्लाभर ७९ हजार २३ जना मतदाताहहरुले मतदान गर्ने बताइएको छ । राष्ट्रिय मान्यता प्राप्त दल…

Read More

कैलाली-सामाजिक सुरक्षा रकम पाउन अझै सहज हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन्। आइतबार धनगढीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले सहजताका लागि बैंकबाट रकम बुझ्ने व्यवस्था गरे पनि सहज बन्न नसकेको उनीहरुको गुनासो छ। ‘सरकारले बैंकमा स्वयं व्यक्तिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था गरेको छ’, धनगढीका ज्येष्ठ सदस्य कुलबहादुर हमालले भने, ‘तर, बैंकमा पुग्दा सहजै पाउने अवस्था हुँदैन। लामो समय लाइन लाग्नुपर्ने हुन्छ। त्यसले गर्दा समस्या हुन्छ।’ ७० वर्षमाथिका मानिस शारीरिक रुपमा त्यसै पनि अशक्त भइसकेको हुँदा लाइन लाग्नुपर्ने समस्या हुने गरेको उनले गुनासो गरे। उनले सरकारले दिने ‘क’ र ‘ख’ वर्गको…

Read More

बाजुरा-महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई गृह जिल्ला बाजुरामा स्वागत गरिएको छ। नेपाल सरकारबाट महान्यायाधिवक्ता नियुक्त भएपछि बाजुरा पुगेका महान्यायाधिवक्ता खातीलाई सदरमुकाम मार्तडीमा स्वागत गरिएको हो जिल्लाको टाटे स्वास्थ्य चौकीमा आयोजित ३ दिने स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गरेर सदरमुकाम मार्तडी पुगेका उनलाई जिल्लास्थित सरकारी कार्यालयमा स्वागत गरिएको थियो भने स्थानीयले पनि फूलमाला सहित स्वागत गरेका छन्। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दीपक विष्टले स्वागत गरेका थिए । यसैगरी सरकारी वकिलको कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा स्वागत तथा मायाको चिनो हस्तान्तरण गरिएको नेविसंघ बाजुरा काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज…

Read More

दार्चुला-दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतवार अपिहिमाल गाउँपालिका–३ पाथामा नेकपा एमालेको चुनावी आमसभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वर बहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। थापाको हेलिकप्टरमार्फत उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए। थापा बिरामी परेको खबर पाउना साथ प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र आफूले हेलिकप्टरका लागि पहल गरेको उनले बताए। उनी पुर्वमन्त्री गणेश सिह ठगुन्नाको सुरक्षामा खटिएको पनि बताइएको छ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन्। तत्कालिन सचिव रामसिंह धामीले राजीनामा दिएपछि बोगटीको नियुक्ती भएको हो। सभामुख अर्जुनबहादुर थापाले आइतबार बोगटीले पद तथा गोपनियताको सपथ गराए। डोटी जिल्लाको शिखर नगरपालिका–२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरे।

Read More

दार्चुला – दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको उनले बताए। चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ उक्त स्काभेटर फिर्ता लगेका छन्। भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ। भारतीय पक्षले नेपालसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको हो।

Read More

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

दार्चुला – दार्चुलामा कोमलप्रशाद आर्चाय मुख्य निर्वाचन अधिकृत तोकिनु भएको छ । निर्वाचन आयोगले जिल्ला अदालत दार्चुलाका न्यायधीस आचार्यलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो । जिल्लाको अपि हिमाल गाउँपालिकामा खेम राज खत्रीलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै जिल्लाको दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ । नौगाड गाउँपालिकामा लक्ष्मण देबकोटा व्यासँ गाउँपालिकामा कोशलेश्वर ज्ञवाली मार्मा गाउँपालिकामा देबेन्द्र बहादुर मल्ललाई निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिह धामीले जानकारी दिनु भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई लेकम गाउँपालिकामा धर्मराज रोकाया तथा शैल्यशिखर नगरपालिकामा हरिसिह…

Read More

काठमाडौं – राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।

Read More