म्याग्दी– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
कांग्रेस नगरसमितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको कांग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो । रासस
Facebook Comments Box